कालिकोटको पलाँता-३ मा जिप दुर्घटना, थप विवरण आउन बाँकी

काठमाडौँ- कालिकोटमा जीप दुर्घटना भएको छ ।

कालिकोटको पलाँता गाउँपालिका वडा नं ३ मा जीप दुर्घटना भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार जीपमा २० जना रहेको प्रारम्भिक सूचना आएको तर कति जना हताहत भए भन्ने चाहिँ अहिले एकिन भएको छैन ।

जिल्ला सदरमुकामबाट निकै टाढा रहेकोले हेलिकोप्टरबाट उद्दार गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.