तिन दिने मोतीबिन्दुको निःशुल्क शल्यक्रिया शिविरमा पहिलो दिन १ सय २५ जनाको शल्यक्रिया

कावासोती –  मोतीबिन्दुको निःशुल्क शल्यक्रिया शिविरमा एक सय २५ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ ।

पूर्वी नवलपरासीको कावासोतीमा रोटरी क्लब कावासोतीको आयोजना तथा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा तिन दिने मोतीबिन्दु निःशुल्क अप्रेसन शिविर सञ्चालन गरिएको छ । शिविरको पहिलो दिन १ सय २५ जनाको शल्यक्रिया गरिएको रोटरी क्लबका संस्थापक अध्यक्ष भरत पोख्रेलले बताउनुभयो । विभिन्न शिविरमा भेटिएका मोती विन्दुका सङ्क्रमितहरूलाई निःशुल्क शल्यक्रिया सँगै, आवश्यक औषधी,चस्मा समेत वितरण गरिने जनाइएको छ ।

“दृष्टि सबैका लागि, नवलपुरबाट मोतीबिन्दु निर्मूल अभियान” भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष रोटरी क्लब कावासोतीले मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गर्दै आएको छ । गत वर्ष सम्ममा क्लबले १ हजार १ सय जनाको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गरेको पोख्रेलले जानकारी दिनुभयो । अहिले भने शिविरमा करिब ३ सय मोतीबिन्दुको शल्यक्रिया गर्ने अपेक्षा गरिएको छ । कावासोती ८ मा रहेको अपाङ्ग पुनर्स्थापना केन्द्रको हलमा गरिएको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया शिविर कात्तिक २७ गते सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.