जाजरकोटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३२ जना घाइते
सुर्खेत – जाजरकोटको नलगाड र कुदुमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३२ जना भएका छन् ।
आज बिहान जिल्लाको बारेकोट लिम्साबाट जिल्ला सदरमुकाम खलङ्गा आउँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको छ । नलगाड नगरपालिका–४, बाउसे खोला जिरा प्वाइन्टको टोड्केमा भे १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जाजरकोटले जनाएको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा बारेकोट गाउँपालिका–२, लिम्साका ७० बर्सिया ओईला घर्ती, ७१ बर्सिया तुलसी पुन, ६० बर्सिया धनकली रोकाय, २२ वर्षीय आकाश घर्ती, ७८ बर्सिया निली सिंह, ८० बर्सिया पद्मी घर्ती, र ७० बर्सिया जैकली रोकाया रहेका छन् ।
दुर्घटनामा परेका दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उद्धार गरी जाजरकोट जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
आजै बाँकेको नेपालगन्जबाट जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको फोर्स गाडी कुदुमा दुर्घटना हुँदा २५ जना घाइते भएका हुन् । जाजरकोटका प्रहरी प्रमुख (डीएसपी) पुरुषोत्तम पाण्डेका अनुसार बा.४ ख १८९२ को फोर्स गाडी भेरी नगरपालिका–१३ कुदुमा दुर्घटना भएको हो ।
गाडीमा रहेका २५ जना यात्रु घाइते भएको र उनीहरूको उद्धार गरेर अस्पताल पठाइएको उहाँले बताउनु भयो । घाइते मध्ये चालक प्रतीक चन्दको अवस्था गम्भीर छ ।
प्रतिक्रिया राख्नुहोस्