मनाङबाट निर्वाचित प्रदेश सभा सदस्य दिपक मनाङे पक्राउ

काठमाडौँ- गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री दिपक मनाङे पक्राउ परेका छन ।

उनलाई आज काठमाडौँको सानो भर्‍याङबाट प्रकाउ गरिएको सिआईबीका एसपी एवं प्रवक्ता होविन्द्र वोगटीले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

पक्राउ गरेपछि अहिले उनलाई प्रहरी केन्द्रीय अनुसन्धान व्युरोमा राखिएको प्रवक्ता बोगटीले बताउनुभयो ।

ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहरिएका मनाङेलाई प्रहरीले पक्राउ गरेको हो ।

मनाङेलाई ५ बर्ष कैदको फैसला अदालतले  सुनाएको छ।

मनाङबाट प्रदेश सभा सदस्य निर्वाचित मनाङे गण्डकी प्रदेशमा पटक पटक मन्त्री भएका थिए ।

सर्बोच्चको फैसलापछि मनाङे फरार थिए । तर उनले विज्ञप्ती निकालेर आँफू नभागेको फैसलाको पूर्ण पाठ आएपछि अदालतमा आँफै उपस्थित हुने जनाएका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.