सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न रवि लामिछानेलाई पोखराबाट रुपन्देही पुर्‍याइयो

काठमाडौँ- सहकारी ठगि प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराबाछ रूपन्देही लगिएको छ।

रुपन्देहीमा लैजाने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रूपन्देही लगिएको हो ।

अहिले प्रहरीले विमानस्थल प्रवेशमा कडाइ गरेको छ ।

भैरहवाका ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिकूल मौसमका कारण विमानस्थल नखुल्दा पोखराबाट जहाज उड्न ढिला भएको थियो ।

पोखराबाट भैरहवा ल्याउन रविलाई बिहान ५ बजे नै पोखरा एयरपोर्ट लगिएको थियो । तर, जहाज उड्न नसकेपछि उहाँलाई पोखरा विमानस्थलमै केही घण्टा राखिएको थियो ।

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई रुपन्देही ल्याएको हो ।

कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउ पुर्जी जारी गरेको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उहाँलाई त्यसै राति पोखरा लगिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.