धादिङको गंगाजमुनामा एकादशी मेलाको रौनक

धादिङ- एक हजार तीन सय वर्ष पुरानो ईतिहास बोकेको उत्तरी धादिङको गांगा-जमुना गाउँपालिकामा लाग्ने हरिबोधिनी   एकादशी मेला हिजोदेखि सुरु भएको छ । मेला आज साँझसम्म लाग्ने छ ।

एकादशीको दिन बिहान गङ्गा जमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान गंगा जमुनाको दर्शन गरी फर्किने चलन छ ।

हरिबोधिनी एकादशीमा भगवान् विष्णु एवं नारायणको पूजा हुने गरे पनि गङ्गा जमुनामा भने महादेवको पूजा हुने गरेको छ । गङ्गा जमुना झरनासँगै रहेको कुकुर धारोमा नुहाउनेको पनि त्यहाँ घुइँचो लाग्छ ।

विशेषगरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष हराउने धार्मिक विश्वास रहेकोले  कुकुर धारोमा नुहाउने चलन रहेको छ ।

मेला भर्न धादिङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा, तनहुँ, कास्की, काठमाडौँलगायतका ठाउँबाट भक्तजन यहाँ आउने गर्छन् ।

एकादशीको राति झाँक्री नाचको रौनक अझ छुट्टै देखिन्छ । भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ-आफ्नो  पहिरनअनुसारको कला देखाउँछन् ।

गंगा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौँ, हाम्रो यहीँ पूजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माईको मेला सुरु भएको किम्बदन्ती छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.