हरिबोधनी एकादशी: काभ्रेको मुलखर्क भिमसेनस्थानमा मेला

काभ्रे- काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिका वडा नं. १ सापिङमा अवस्थित मुलखर्क भिमसेनस्थान मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा मेला सुरू भएको छ ।

मुलखर्क भिमसेनस्थान धार्मिक, साँस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्व रहेको छ । भुम्लुमा रहेको जातीय विविधता, साँस्कृतिक एवं धार्मिक अनेकताको बीचमा पनि मुलखर्क भिमसेनस्थान सबैको आस्था र विश्वासको केन्द्र बनेको छ ।

देशको संघीय राजधानीबाट करिब ७० किमीको दुरीमा रहेको यस क्षेत्रको उचित प्रबर्द्धन र विकास गर्न सके धार्मिक पर्यटन एवं अन्य आन्तिरिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना रहेको छ ।

मेलामा पुग्ने अधिकांश भक्तजनले बत्ती बाल्ने गरेका छन् । बत्ती बालेपछि र मन्दिरमा दर्शन गरे मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । भक्तजनले यो मन्दिरमा काभ्रेपलाञ्चोकसहित छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, भक्तपुर लगायतका जिल्लाबाट समेत दर्शन गर्न भक्तजन पुग्ने गरेका छन् ।

मेलाको अवसर पारेर गाउँपालिकाले सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरेको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.