बागमती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्याइयो
मकवानपुर- वागमती प्रदेश सरकारले मन्त्रालय थप गरेको छ ।
विगत साढे तीन महिनादेखि बिनाविभागीय मन्त्री रहनुभएका मदुकुमार श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि मन्त्रालय थप गरिएको हो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ ।
नयाँ मन्त्रालय बनाए पनि विना विभागीय मन्त्री श्रेष्ठलाई जिम्मेवारी भने तोकिएको छैन ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रिपरिषदले कार्यविभाजन स्वीकृत गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठलाई छिट्टै जिम्मेवारीसमेत प्रदान गरिने बताउनुभयो ।
योसँगै वागमती प्रदेशमा मन्त्रालयको संख्या १४ पुगेको छ । प्रदेश सरकारमा नेपाली कांग्रेसका ८ र एमाले ६ मन्त्री रहेका छन् ।।
प्रतिक्रिया राख्नुहोस्