दिपक मनाङेलाई डिल्लीबजार कारागार लगियो

काठमाडौँ- ज्यान मार्ने उद्योगमा दोषी ठहर भई आज बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत काठमाडौँको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् ।

आज बिहान सानो भर्‍याङबाट पक्राउ परेका मनाङेलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा आजै अदालतमा पेस गरिएको थियो ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.