रुपन्देहीमा रविको बयान

भैरहवा- सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयान लिन सुरु गरिएको  छ । जिल्ला सरकारी वकिललको कार्यालय रुपन्देहीमा केहीवेरअघिबाट बयान लिनेकाम भइरहेको  छ ।

पौने १ बजे भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल ल्याईएका लामिछानेलाई बिमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगिएको हो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा बिगत २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहनु भएका लामिछानेलाई बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई रुपन्देही ल्याईएको रुपन्देहीका प्रहरी प्रमुख रञ्जित सिंह राठौरले जानकारी दिनु भएको छ ।

कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई त्यसै राति पोखरा लगिएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.