रास्वपा सभापति रवि लामिछानेको बयान सुरु

रुपन्देही- रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज  तेस्रो दिन सुरू भएको  छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता, डीएसपी लक्ष्मी खनालका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान बिहान साढे १० बजेबाट सुरु भएको हाे ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न मंगलबार पोखराबाट रूपन्देही  पुर्‍याइएको थियो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.