धादिङको थोपल खोला करिडोर अलपत्र अवस्थामा
धादिङ- वैकल्पिक मार्गको रूपमा थोपल खोला किनारा हुँदै नीलकण्ठ नगरपालिकाले ६ वर्ष अघिदेखि निर्माण सुरु गरेको थोपल खोला कोरिडोर अलपत्र परेको छ ।
दुई करोड पचास लाख रकम खर्च गरी सकेको सो कोरिडोर सडक जम्मा सात सय मिटर पनि निर्माण सम्पन्न हुन सकेको छैन । २०७४को स्थानीय तह निर्वाचन पछि सबै भन्दा पहिलो प्रथामिकतामा राखेर २०७६ सालदखि रकम विनियोजन गरी कोरिडोर निर्माणको काम सुरु गरिएको थियो ।
स्मार्ट सिटिको रूपमा विकास गरेको दाबी गर्दै आइरहेको नीलकण्ठ नगरपालिकामा यस्ता विकासका संरचन अलपत्र हुँदा नगरपालिकाको विकासमा निकै ठुलो रकम खेर गएको स्थानीयको दुःखेसो छ ।
धादिङ बजार क्षेत्रमा हुने गरेको भिडभाड कम गर्नका साथै वैकल्पिक मार्गको रूपमा थोपल खोला किनारा हुँदै नगरको बजार क्षेत्र परिक्रमाका लागि निर्माण सुरु भएको हो ।
काम सुरु भएको ५ वर्ष पुरा भई ६ वर्ष लाग्दा कोरिडोर जम्मा सात सय मिटर पनि निर्माण सम्पन्न भएको छैन । सडक बनाइएका ठाँउहरुमा पनि भत्कन सुरु भइसकेको छ ।
२०७४को स्थानीय तह निर्वाचन पछि सबै भन्दा पहिलो प्रथामिकतामा राखेर काम सुरु गरेको सो कोरिडोर अहिले अलपत्र अवस्थामा पुगेको हो ।
नगरपालिकाले सहरी विकासका लागि गुरु योजना विना काम गर्दा यस्तो अवस्था आएको स्थानीयको भनाइ छ ।
यसो त २०७२ सालको भूकम्पपछि जिल्लाको उत्तरी क्षेत्र लगायत आसपासका स्थानहरूबाट मानिसहरूको मुख्य बसाई आउने स्थान पनि नीलकण्ठ नगरपालिका क्षेत्र भएकोले व्यवस्थित बसोबासका लागि पनि यस्ता विकासका संरचना निर्माण जति सक्दो छिटो गर्नु पर्ने माग स्थानीयको छ ।
सार्वजनिक जमिन र खोला मिचेर बनाएका संरचनाहरू नगरपालिकाले अहिलेसम्म हटाउन नसक्दा पनि यस्तो अवस्था आएको हो ।
यसैगरी, कोरिडोर निर्माण सुरुका क्रममा व्यक्तिको जमिनको क्षतिपूर्तिको समेत व्यवस्था नगरी कोरिडोर निर्माणमा सुरु गरेको हो ।
कोरिडोर निर्माण सुरु गर्दा नगरपालिकासँग मुआब्जा दिने रकम नभएको भन्दै केही व्यक्तिको व्यक्तिगत जमिनमा भएका संरचनाहरू समेत भत्काइ दिएको थियो ।
अहिले कोरिडोरका निर्माणका क्रममा बनाइएका संरचनाहरू नालालगायत खोलामा लागाएका बार पनि भत्कन थालेको छ ।
खोला र सार्वजनिक जमिन मिचेर घर बनाउने क्रमसँगै कोरिडोर निर्माण पनि रोकिन पुगेको हो भने नगर पालिकाले त्यस्ता संरचनाहरू समेत हटाउन सकेको छैन ।
नगरपालिकाले कोरिडोर निर्माणका लागि २०७६ सालदेखि हालसम्म आफ्नो स्थानीय तहको श्रोतबाट तीन करोड सत्तरी लाख रुपैयाँ विनियोजन गरेको छ ।।
प्रतिक्रिया राख्नुहोस्