रवि लामिछानेसँगको बयान सकियो, आजै पोखरा ल्याइँदै
काठमाडौँ- रास्वपा सभापति रवि लामिछानेको वयान रुपन्देही जिल्ला अदालतमा सकिएको छ ।
वयान सकिएपछि अहिले लामिछानेलाई भैरहवाबाट पोखरा ल्याउने तयारी गरिएको छ।
अहिले ८:३० बजेको फ्लाइटमा लामिछानेलाई पोखरा ल्याउन लागिएको रास्वपा नेता दीपक बोहोराले जानकारी दिनुभएको छ ।
दिउँसो बयान सकिएर ६:४० बजे ल्याउने तयारी भएपनि मौसमका कारण राति ल्याउन लागिएको बोहोराले बताउनुभयो ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी प्रकरणमा सोधपुछ गर्न लामिछानेलाई गत मंगलबार भैरहवा लगिएको थियो ।
पोखरामा पनि लामिछानेमाथिको अनुसन्धान जारी छ ।।
प्रतिक्रिया राख्नुहोस्