श्रीलङ्काकामा संसदको मध्यावधि निर्वाचन सम्पन्न
काठमाडौँ- श्रीलङ्काकामा आज संसदको मध्यावधि निर्वाचन अन्तरगत मतदान सम्पन्न भएको छ ।
श्रीलंकाको निर्वाचन आयोगका अनुसार मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
मतदाता मतदानस्थलहरूमा लामबद्ध भई शान्तिपूर्ण रूपमा मतदानमा सहभागी भएका र निर्धारित समयमा करीव ६५ प्रतिशत मतदान भएको त्यहााको निर्वाचन आयोगले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले कार्यभार सम्हालेपछि संसद विघटन गरी निर्वाचनको घोषणा गर्नु भएको थियो । राष्ट्रपति दिसानायकेको पार्टीले निर्वाचनबाट आर्थिक सुधारका लागि जनादेश प्राप्त गर्ने अपेक्षा गरिएको समाचारहरुमा उल्लेख गरिएको छ ।
राष्ट्रपति दिसानायकेको जेभीपी वा पिपुल्स लिबरेशन फ्रन्ट अर्को सरकार गठनका लागि चाहने पेसाकर्मीहरूको राष्ट्रिय जनसत्ता (एनपीपी) गठबन्धनको मुख्य घटक हो ।
निवर्तमान विधानसभामा एनपीपीले जम्मा तीन सिट जितेको थियो । श्रीलंकाको निर्वाचन आयोगका अनुसार मतपेटीका संकलन भएपछि मत गणना गरिने छ र शुक्रवार सम्ममा मतपरिणाम आउने बताइएको छ ।
दुई वर्षअघि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताच्युत गरिएपछि देशको आर्थिक मन्दीपछि सुधारका लागि अघि बढ्न ५५ वर्षीय दिसानायकेले विधायिकाको २२५ सिटमध्ये दुई तिहाइ सिट जित्ने आशा गर्नुभएको समाचार विश्लेषण गरिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्