गोरखामा सामुहिक रुपमा मनाइयो ‘मकै सुकाउने पर्व’

गोरखा- नेवारी समुदायको साँस्कृतिक पर्व ‘मकै सुकाउने पर्व'(सकिमना) गोरखामा मनाइएको छ।

गोरखा नगरपालिका-६ ठुलोआँगनमा सामुहिक रुपमा यो पर्व मनाइएको हो। लोप भइसकेको पर्व ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको अगुवाइमा २०७६ सालबाट सामुहिक रुपमा मनाउन थालिएको हो ।

कार्त्तिक शुल्क पूर्णिमाको रात अमृत बर्षा हुने र भुटेको मकै, भटमास, बदाम, उसिनेको पिँडालु, सखरखण्ड लगायतका खाद्य पदार्थ चन्द्रमामा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ सकिमना पुन्हिः पर्व मनाउने प्रचलन रहेको छ ।

करिव करिव लोप भइसकेको यो पर्व २०७६ सालबाट सामुहिक रुपमा मनाउन थालिएको ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिका अध्यक्ष शुरेसमान श्रेष्ठले बताउनुभयो ।

देवताको आकृति बनाएर अन्न सुकाउने र प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको उनले बताए ।

भुटेको मकैसँगै भटमास, केराउ, चना, लगायतका गेडागुडी, जुनेलो, बदाम, सखरखण्डलगायत बिभिन्न फलफुल पनि सँगै राख्ने प्रचलन छ ।

सदरमुकामका नेवार समुदायले यस पर्वलाई महत्वका साथ सामुहिक रुपमा ठुलोआगनमा मनाएका हुन् ।

समितिको अगुवाइमा बाजागाजासहित बिभिन्न धार्मिक परम्परा झल्कने गरी यस पटक मकै सुकाइएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.