पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
काठमाडौँ- पूर्व सभामुख एवम् नेपाली काँग्रेसका नेता दमननाथ ढुंगानाको निधन भएको छ ।वानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो उहाँको निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
वरिष्ठ अधिवक्ता समेत रहनुभएका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उहाँ २०४८ देखि २०५१ सम्म सभामुख हुनुभएको थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वापूर्व योगदान दिनुभएका उहाँ राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि पर्नुभएको थियो । उहाँका श्रीमति, दुई छोरा र एक छोरी हुनुहुन्छ ।
ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको हो ।
प्रतिक्रिया राख्नुहोस्