प्रभावित स्थानीय तहलाई लक्षित गरेर प्रदेशले योजना काम गर्नेछ ः मुख्यमन्त्री लामा

 

काभ्रे – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रभावित स्थानीय तहलाई लक्षित गरेर प्रदेशले योजना काम गर्ने बताउनुभएको छ । शनिवार काभ्रेको बेथा चोक गाउँपालिकामा असोजको दोस्रो साता आएको बाढी पहिरोले क्षतिग्रस्त क्षेत्रको अनुगमन गर्दै प्रभावित स्थानीय तहलाई लक्षित गरेर प्रदेशले योजना काम गर्ने बताउनुभएको हो ।

अनुगमनका क्रममा प्रभावित स्थानीय तहमा पुनर्निर्माण कार्यहरू अगाडी बढाउनको लागि तीनै तहको सरकारसँग सहकार्य र समन्वय गरिने मुख्यमन्त्री लामाले बताउनुभयो । उहाँका अनुसार, प्रदेशले कार्यविधि अनुसार बाढी पहिरोबाट मृत्यु भएको प्रतिव्यक्ति एक लाख रुपैयाँ हामीले पठाइसकेका छौँ । हामीसँग विपद् व्यवस्थापनका लागि केही बजेट छ,’ उहाँले भन्नुभयो, ’केही हामीले वितरण गरिरहेका छौँ भने केही वितरण गर्ने क्रममा रहेका छौँ । अब यस स्थानमा भएको क्षतिको विवरण सङ्कलन गर्ने र विपद्लाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सङ्घ, प्रदेश र स्थानीय तहबिच तालमेल मिलाउन र निर्णय गर्न बाँकी छ ।’

विपस्थापितहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रदेशको ध्यानाकर्षण भएको छ । यसको लागि प्रदेशले कार्यविधि बनाउने तयारी गरिरहेको उहाँले बताउनुभयो । हाल भएको निर्णय अनुसार, विस्थापितहरूको पुर्न निर्माणका लागि ६० प्रतिशत सङ्घीय सरकार, ३० प्रतिशत प्रदेश र १० प्रतिशत स्थानीय सरकारबाट सहकार्य गरी पुनर्निर्माण काम अघि बढाइनेछ । उहाँका अनुसार दिगो विकासका लागि मास्टर प्लान बनाएर काम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको छ । खानी र क्रसरका कारण विपद्को जोखिम कारण विपद्का घटनाहरू बढेको कुरालाई इंकित गर्दै वातावरणीय हिसाबले मान्यता प्राप्त भए अनुसार नै खानीहरू सञ्चालन गर्न उहाँले अनुरोध गर्नुभयो ।

असोजको दोस्रो साता आएको बाढी पहिरोमा परि बेथान चोक गाउँपालिकामा १२ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते उपचाररत रहेको बेथा चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, विपदबाट यस पालिकाका २८२ घरपरिवार विस्थापित भएका छन् भने ४८१ घर पूर्ण रूपमा क्षति र ११६३ वटा घरमा आंशिक क्षति पुगेको छ ।

बाढी र पहिरो प्रभावितहरूको लागि तत्कालको लागि वासस्थानको व्यवस्थापन गर्नु नै प्राथमिक विषय भएकाले प्रदेश, सङ्घ र स्थानीय तहसँग समन्वय गरी प्रभावितहरूलाई अस्थायी वासस्थानको लागि व्यवस्थापन गर्नको पालिकाले तयारी गरिरहेको बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.