सार्वजनिक स्थलमा अर्थिङ्ग टावर राख्न माग
दाङ–लुम्बिनी प्रदेश सरकार सँग प्युठानको गौमुखी गाउँपालिका क्षेत्रमा चट्याङको जोखिम कम गर्न सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापनाको माग राखिएको छ ।
विगतका वर्षमा चट्याङका कारण मानवीय र पशुचौयामा क्षति व्यहोर्नु परेको भन्दै सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापना गर्न माग राखिएको हो ।
मदाने–१ देखि गौमुखि–७ जोड्ने सडक स्तरोन्नतिको माग राखिएको छ ।
यस्तै सुन्तला, एबोकार्डो र दाँते ओखर खेती प्रवर्द्धन गर्नुपर्ने, ठुलावेसिमा कृषि सङ्कलन केन्द्र भवन बनाउन माग राखिएको हो ।
गौमुखी गाउँपालिका–५ ठूलावेसीका अध्यक्ष बरुणध्वज मल्लले लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीलाई ज्ञापन पत्र बुझाउनु भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले मागहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । आउँदो वर्षको बजेटमा प्राथमिकताका साथ बजेट विनियोजन गरिने बताउनु भएको हो ।
प्रतिक्रिया राख्नुहोस्