नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा धेरै चुनौतीहरू आँउछन्ः सचिव मरासिनी

 काठमाडौँ  – राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपाल एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ ।

सोमवार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्दै सचिव मरासिनीले यस्तो बताउनुभएको हो । उहाँले अतिकम विकसित मुलुक (एलडीसी) बाट नेपाल विकासशील मुलुकको सूचिमा रहँदा आर्थिक सुधार र विकास गर्न सकिने भए पनि नेपालले खासै विकास गर्न नसकेको बताउनु भयो । उहाँले नेपाल जस्तै धेरै अतिकम विकसित मुलुकहरू आर्थिक रूपमा माथि पुगेको बताउनु भयो । नेपाल अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा रूपान्तरणको तयारीमा रहेको बताउनु भयो । उहाँले स्तरोन्नति हुँदा नेपाललाई पुन अतिकम विकसित मुलुकमा नफर्किने र दीर्घकालीन बनाउनुपर्ने चुनौती रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरणको तयारीमा छौँ । तर मुलुक एलडीसीमा हुँदा पनि धेरै आर्थिक वृद्धिको क्षेत्रमा काम गर्न सकेका थिएनौँ । नेपाल जस्तै अन्य मुलुकहरू आर्थिक रूपमा धेरै माथि पुगिसके । नेपाल एलडीसीमा केही सुधार हुन्छ भनेर बस्यौँ । धेरै फड्को मार्न सकेको देखिएन । आय वृद्धि नहुँदा पनि अन्य दुई वटा सूचकहरूमा सुधार भएकाले स्तरोन्नति हुन लागेका छौँ । स्तरोन्नति हुँदा नेपाललाई पुनः अतिमक विकसित मुलुकमा नफर्किने र दीर्घकालीन बनाउने चुनौती छ । त्यसको लागि आधार तयार बनाउन जरुरी छ । मुलुकको व्यापार र नवीनतम उद्यमको विकास गर्नु त्यसको आधार निर्माण गर्नु हो । सरकारले नलेजवेस अर्थतन्त्रलाई जोड दिनुपर्छ । सरकारले शिक्षा र स्वास्थ्यमा पनि लगानी गर्ने र निजी क्षेत्रलाई सहुलियत दिनुपर्ने छ । युवाहरूलाई नयाँ इनोभेसनका लागि अवसर दिनुपर्ने छ ।’

उहाँले मुलुकको व्यापार र नवीनतम उद्यमको विकास गर्नु त्यसको आधार निर्माण भएको बताउनु भयो । उहाँले सरकारले शिक्षा र स्वास्थ्यमा पनि लगानी गर्ने र निजी क्षेत्रलाई सहुलियत दिन सक्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.