सौराहाको होटेल जङ्गल क्राउन ‘४ तारे’ होटेल बन्ने, १ अर्ब लगानी थप

सौराहा –  चितवनको पर्यटकीय रत्न नगर वडा नं. ८ सौराहाको बाघ मारा स्थित चर्चित होटेल जङ्गल क्राउन प्रा.ली ‘४ तारे’ होटेल बन्ने भएको छ ।

सौराहाकै स्तरीय होटेलको रूपमा परिचित होटेल जङ्गल क्राउन सञ्चालनमा आएको १० वर्षपछि ‘४ तारे’ लक्जरी होटेलमा स्तरोन्नति हुने भएको हो ।

व्यवसायी डा.तिलचन्द्र भट्टराईको अगुवाइमा होटेल जङ्गल क्राउनले ‘४ तारे’ स्तर वृद्धि गर्न नयाँ बन्ने तीन तले ४० कोठे भवनको एक कार्यक्रमका बिच पूर्व पर्यटन मन्त्री प्रेम आलेले शिलान्यास गर्नुभयो ।

४३ कोठामा चली रहेको होटेलमा थप ४० कोठा थपेर ‘४ तारे’ बनाउन लागेको होटेल जङ्गल क्राउन होटेलका सञ्चालक तथा कार्यकारी प्रमुख सन्तोष गिरीले जानकारी दिएनुभयो।

होटेलमा बस्ने ग्राहकहरूलाई स्विमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क दिने गरी सरकारले तोकेको मापदण्ड पूरा गर्दै ‘४ तारे’ स्तरमा स्तरबृद्धि गर्न लागेको होटेलका अध्यक्ष डा.तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

भवनमा फरक–फरक स्वाद र परिकारका रेस्टुरेन्ट, ५ सय बढी क्षमताको मिटिङ हल, ४ वटा स्वीट रुमसहित ३६ वटा डिलक्स कोठा, २ वटा स्विमिङ पुल, स्पा, हेल्थ क्लबलगायत सम्पूर्ण सुविधासहितको होटेल बनाउन सुरु गरिएको होटेलका सञ्चालक गिरीले जानकारी दिनुभयो ।

‘निर्माण सुरु भएको २ वर्षभित्र नयाँ कोठाहरू सञ्चालन आउनेछ’, सञ्चालक गिरीले भन्नुभयो अनि ‘४ तारे’ होटेलको रूपमा जङ्गल क्राउन सञ्चालनमा आउनेछ ।’

दुई बिघा बढी क्षेत्रफलमा स्तर वृद्धि हुन लागेको होटेल जङ्गल क्राउनको हालसम्म गरी झन्डै एक अर्ब रुपैयाँ लगानी हुने प्रारम्भिक अनुमान गरेको छ ।

आगामी दुई वर्ष भित्र सबै सडक संरचना निर्माण भइसक्दा होटेल जङ्गल क्राउन पनि सञ्चालन भई यस क्षेत्रमा पर्यटकको ओइरो लाग्ने हुँदा होटेल मार्फत विदेशी मुद्रा सहजै आर्जन गर्न सकिने होटेलको शिलान्यास गर्दै पर्यटन मन्त्री आले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशमा गएर पसिना बगाउने नभई अब स्वदेशमै विदेशीलाई बोलाएर विदेशी मुद्रा आर्जन गर्ने बेला आएको छ । ’ यस होटेलमा अब स्तर बृद्धिसगैँ जम्मा ८३ वटा रुम हुनेछ । भने १ सय ६५ वटा बेडसंख्या रहनेछन् ।

होटेलमा प्रेसीडेन्टियल सूईट, एक्सुक्युटिभ, डिलक्स रुम र ३ वटा रेस्टुरेन्ट रहनेछन् । विदेशी एवं स्वदेशी पर्यटकको मुख्य रोजाइ नयाँ बनेका होटेलमा  भएपछि यहाँ होइललाई तारे स्तरमा वृद्धि गरिएको होटेल जङ्गल क्राउनले जनाएको छ । सौराहा क्षेत्रका होटेलमा ३ हजार बेड छन् ।

पछिल्लो समय ठुलो लगानी गरेर होटेल खोल्ने क्रम बढेको क्षेत्रीय होटेल सङ्घका महासचिव गुणराज थपलिया बताउनुहुन्छ । “अहिले एउटै होटेलमा २० करोडभन्दा बढी लगानी भएको छ, उहाले भन्नुभयो, अर्ब बढी लगानी गरेका व्यवसायी रामेश्वर शाहको चितवनको ५ तारे रोयल टु लिप रिर्साट आगामी जनावरी देखि सञ्चालनमा आउदैँछ ।”

पछिल्ला तीन वर्षमा सौराहामा नयाँ होटेल खोल्न ३ अर्ब बढी रुपैयाँ लगानी भएको क्षेत्रीय होटेल सङ्घ नेपाल सौराहाले जनाएको छ । मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुङ्गा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको जैविक विविधतासँगै गैँडा, बाघलगायत जङ्गली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.