साइबर अपराध मु्द्दामा दुर्गा प्रसाईं पक्राउ
काठमाडौँ- मेडिकल व्यवासयी दुर्गा प्रसाइँ पक्राउ परेका छन ।
प्रसाईंलाई साइबर अपराध सम्बन्धि मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँको अनुमतिमा पक्राउ गरिएको प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) प्रवक्ता एवं एसपी होविन्द्र बोगटीले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।
प्रवक्ता वोगटीका अनुसार प्रसाइँलाई अहिले सिआईबी केन्द्रीय कार्यालय महाराजगञ्ज राखिएको छ । उनलाई आजै म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लैजाने प्रवक्ता बोगटीले बताउनुभयो ।
प्रसाईंले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीले विदेशमा अबैध पैसा राखेको भन्दै गलत प्रचार गरेका थिए ।
यसअघि पनि प्रसाईंलाई प्रहरीले पक्राउ गरेर केही दिनको अनुसन्धानपछि छाडेको थियो ।।
प्रतिक्रिया राख्नुहोस्