डडेलधुरामा जीप दुर्घटना: २ जनाको मृत्यु, ९ जना घाइते
डडेल्धुरा– डडेल्धुरा परशुराम नगरपालिका-९ नौलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाईते भएका छन् ।
कञ्चनपुरको दैजीबाट जोगबुढा आउँने क्रममा दैजी-जोगबुढा सडक खण्डमा लु १ ज ४५७९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक डम्बर बिष्टले जानकारी दिनु भएको छ ।
मृतकको सनाखत हुन सकेको छैन ।
घाइतेहरुलाई पचारका लागि महेन्द्रनगर पठाइएको छ । घाइतेहरु मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
जीप सडकबाट करिव १ सय मिटर तल खसेको छ ।
कञ्चनपुरको दैजीबाट डडेल्धुराको भित्रिमधेश क्षेत्र जोगबुडा आउने दैजी–लिप्ना-जोगबुडा सडक छोटो सडक बाटो हो ।।
प्रतिक्रिया राख्नुहोस्