धार्के-सितापाईला सडकको कालोपत्रे गर्ने काम अन्तिम चरणमा

धादिङ- राजधानी प्रवेशका लागी पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको वैकल्पिक मार्गको रूपमा तीस वर्ष अघि ट्र्याक खोलिएको धार्के-सितापाईला सडकको कालोपत्रे गर्ने कामले तीस वर्ष पछि पूर्णता पाएको छ ।

धादिङको धार्के देखी काठमाण्डौको सितपाईलासम्मको २४ किलोमिटरमध्ये २२ किलोमिटर कालोपत्रे गर्ने काम सम्पन्न भईसकेको छ भने अब दुई किलोमिटर चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी काम भएको सडक विभागले जनाइएको छ ।

यससँगै निर्माणाधीन अवस्थामा रहेको त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग हुँदै सङ्घीय राजधानी प्रवेश गर्ने सवारीका साधनहरूको चाप निकै कम हुने छ भने ती राजमार्गहरूको रूपमा वैकल्पिक मार्गको रूपमा सवारीका साधनहरूले यो सडक प्रयोगमा ल्याउन सहज भएको छ ।

सडक स्तोरोन्नति सहित कालोपत्रे गर्न अहिले ठुलो खोला क्षेत्रमा बाँकी भएका स्थानमा धमाधम काम भईरहेको छ । पृथ्वी राजमार्गको धार्के बजारबाट ठुलो खोला हुँदै सडक सितापाईला जोडिने छ ।

तराईका जिल्लाहरूबाट राजधानी प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग निर्माणाधीन अवस्थामा रहेकोले अहिले सो सडकमा सवारी चाप समेत बढेको छ । विशेष गरी साना र दुई पाङ्ग्रे सवारी अहिले सो सडक हुँदै राजधानी प्रवेशका लागी जाने गरेका छन् ।

अब सडक स्तरोन्नति सहित कालोपत्रे भएपछि भने सबै प्रकारका सवारीका साधनहरू यही सडक हुँदै राजधानी प्रवेश गर्न सक्ने प्राविधिकहरूको भनाई छ ।

सडक कालोपत्रे सम्पन्न हुने अन्तिम भएसँगै सो सडक आसपासमा बसोबास गर्ने स्थानीय समेत निकै खुसी भएका छन् । हिउँदमा उड्ने धुलो र वर्षाको समयमा हुने हिलोका कारण पैदल हिँड्न समेत कठिन हुने ठाउँमा अब कालोपत्रे भए पछि त निकै सजिलो हुने स्थानीयको भनाई छ ।

सडक कालोपत्र भएसँगै धुनीवेशी नगरपालिकाको विकासले नै फड्को मार्ने नगरपालिकाका मेयर बालकृष्ण आचार्यको भनाई छ । तरकारी उत्पादनका लागी पकेट क्षेत्रको रूपमा मानिएको छत्रे देउराली र जीवनपुरका स्थानीयलाई त अब हरेक सिजनमा आफ्नो उत्पादन सहजै राजधानीका बजारहरूमा लग्न निकै सहज हुने भएको छ ।

धादिङतर्फबाट कालोपत्रे सुरु गरेको २४ किलोमिटर सडकमध्ये २२ किलोमिटर सडक कालो पत्रे सम्पन्न भईसकेको छ ।

धादिङको धार्केदेखी काठमाण्डौको सितापाईलासम्मको सडक कालोपत्रेसहित स्तरोन्नतिका लागी सडक विभागले एक अर्ब तीन करोड खर्चेको सडक डिभिजन नुवाकोट इन्जियर पुरुषोत्तम भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.