शासकहरुको कमजोरीका कारण लोकतन्त्रको मूल्य, मान्यतालाई धुमिल बनाउन दिनु हुँदैनः राष्ट्रपति
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धुमिल बनाउन दिनु नहुने बताउनुभएको छ ।
बुधवार शितल निवासमा आयोजित नेपालका निधी पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न शासन व्यवस्थालाई पारदर्शी, जवाफदेही, न्यायपूर्ण बनाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले पछाडि परेका नागरिक, क्षेत्र र वर्गको हित तथा नागरिकको जीवनस्तरमा सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भनेर जनतालाई भरोसा जागृत गराउनु नै सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रको वास्तविक लक्ष्य भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न जनताको स्वतन्त्रताका लागि नेताहरुले गरेको त्याग, संघर्ष र समर्पण अतुलनीय छ । नेपाली जनता र अग्रज नेताहरुको ठूलो त्याग, बलिदान र संघर्षबाट हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ । पछाडि परेका नागरिक, क्षेत्र र वर्गको हित तथा नागरिकको जीवनस्तरमा सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भनेर जनतालाई भरोसा जागृत गराउनु नै सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रको वास्तविक लक्ष्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न शासन व्यवस्थालाई पारदर्शी, जवाफदेही, न्यायपूर्ण बनाउँदै समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा हामी सबै जुट्नुपर्ने अहिलेको आवश्यकता हो । सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धुमिल बनाउने आउन दिनु हुँदैन । यो कुरामा ध्यान दिनसके नै लोकतन्त्रको मूल्यमा कसैसँग सम्झौता नगर्ने निधीजी लगायतका अग्रजहरुको सच्चा सम्मान हुनेछ ।’
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न र जनताको स्वतन्त्रताका लागि नेताहरुले गरेको त्याग, संघर्ष र समर्पण अतुलनीय रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्