संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारीका लागि कूल १५६ जनाको आवेदन
काठमाडौँ- सरकारले संक्रमणकालीन न्यायको विषयलाइ टुंगो लगाउने गरी निर्माण गरेको कानून अनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तीको प्रकृया अघि बढेको छ । ति दुवै आयोगका पदाधिकारीका लागि कूल १५६ जनाले आवेदन दिएका छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी गठन भएका आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिका अनुसार भौतिक रुपमा ८९, अनलाइनमार्फत् २० र संघसंस्थाको सिफारिसमार्फत् ४७ आवेदन परेका छन् ।
त्यसमध्य अध्यक्ष पदका लागि मात्रै ३१ जनाको आवेदन परेको छ । आवेदन दिनेहरुमा उच्च अदालतका पूर्वन्यायाधीश, न्याधिश, प्राध्यापक, वकिल, विभिन्न सरकारी तथा गैरसरकारी र अन्तराष्ट्रिय संघ संस्थामा काम गरेका व्यक्ति, मानवअधिकारकर्मी, सञ्चारकर्मी, द्वन्धपीडित समेत रहेका छन् ।
केहीले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएका छन् । सचिवालयले यस अघि गठन भएका दुवै आयोगहरुले राम्ररी काम गर्न नसकेको भन्दै अब गठन गरिने आयोगले भने समस्या निराकरण नै गर्ने गरी काम गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिने गरी गृहकार्य भइरहेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्