मुलुकमा राजनीति स्थिरता र स्थिर सरकार निर्माण गर्न बर्तमान गठबन्धन : गृहमन्त्री लेखक

कञ्चनपुर – गृहमन्त्री रमेश लेखकले यो सरकार केही थान मान्छे मन्त्री हुन मात्र गठन नभएको भन्दै मुलुकमा राजनीति स्थायित्व र स्थिर सरकार निर्माण गर्न बर्तमन सरकार बनेको बताउनु भएको छ ।
कञ्चनपुर जिल्लामा पार्टी कार्यकर्ता सङ्गको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लेखकले सो कुरा बताउनु भएको हो । हिजोको राजनीतिक अस्थिरताको अवस्थालाई मध्यनजर गरेर दुई ठुला राजनीति दलहरूको नयाँ गठबन्धन बनेको उहाँले बताउनुभयो ।
यो व्यवस्थाको विकल्प अर्को व्यवस्था नहुने भन्दै मन्त्री लेखकले सङ्घीयता लाई अझ मजबुत र व्यवस्थित गर्दै लैजानु पर्ने बताउनु भएको छ ।
अहिलेको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण आवश्यक भए भन्दै मन्त्री लेखकले समाजमा राजनीति घृणा, उत्पन्न गर्ने र समाज भाड्ने काम कसैले गर्न नहुने समेत बताउनु भयो ।
शान्ति सुरक्षा कायम गर्न, विकास निर्माणका काम अगाडि बढाउन , संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सरकार तयार रहेको भन्दै सबैले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो। आरक्ष बिस्थापितहरुको समस्या समाधान ,हात्तीको समस्या समाधानमा पनि आफ्नो ध्यानाकर्षण भएको मन्त्री लेखकले बताउनुभयो ।
गृह मन्त्रालयले सात वटै प्रदेशमा शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले सुदूरपश्चिममा गरेको सुरक्षा गोष्ठीमा भाग लिन मन्त्री लेखक सुदूरपश्चिम पुग्नु भएको थियो ।
यसैबिच सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले सरकारको लक्ष्य मुलुकमा सुशासन गर्ने ,विकास गर्ने र समृद्धि हासिल गर्नु पर्ने रहे पनि लक्ष्यमा पुग्न नसकिएको बताउनु भएको छ । ढिलो भए पनि प्रदेश सरकारले बजेट शून्यताको अन्त्य गर्दै आर्थिक रूपमा प्रदेशलाई सामान्य अवस्थामा ल्याएको उहाँको भनाइ रहेको छ । २० प्रतिशत बजेटमा संशोधन गरेर बजेट अगाडी बढाएको भन्दै मन्त्री थापाले जिल्लाका आवश्यकता अनुरूप बजेट विनियोजन गर्ने प्रयास गरेको बताउनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्