सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ – काठमाडौँ उपत्यकाका सडक र खोला किनारका नागरिकहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् ।
बिहीबार भूमि अधिकार संरक्षण सङ्घर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो ।
काठमाडौँको माइतीघरमा भेला भई उनीहरूले विभिन्न नाराबाजी गरिरहेका छन् । उनीहरूले जनताको पीडामा सरोकार नराख्ने सरकार चाहिँदैन, फैसला होईन न्याय गर, मापदण्डका नाममा जनतालाई उठिवास गर्न पाइँदैन,खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन, खबरदार, मापदण्डको नाममा हाम्रो भूमि लुट्न बन्द गर्, सडक तथा खोलाको मापदण्ड खारेज गर्, निजी घरजग्गामाथि हस्तक्षेप बन्द गर् लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया राख्नुहोस्