पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा : राष्ट्रसङ्घ

राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गाजा पट्टीमा भोकमरीमा परेका प्यालेस्टिनीहरूका लागि जीवन बचाउको रूपमा सेवा गरिरहेका बेकरीहरूसमेत पिठो तथा इन्धनको अभावका कारण बन्द हुने अवस्थामा रहेको चेतावनी दिएको छ ।

ओसिएइचएले आफ्नो दैनिक प्रतिवेदनमा हालको समयमा उत्तरी गाजाका केही भागहरू अनिकालको जोखिममा रहेको समेत जनाएको छ ।

यसका साथै गाजा पट्टीको मध्य र दक्षिणी भागहरूमा, गम्भीर भोकमरीको सामना गर्ने बाध्य परिवारहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको रिपोर्ट गरिरहेको यसले जनाएको छ ।

“विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का सहकर्मीहरूलाई उदृत गर्दै ओसिएएचएले हाल गाजामा मानवीय साझेदारहरूद्वारा समर्थित १९ वटा बेकरीहरू मध्ये सातवटा मात्र सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

पिठोको अभावकै कारण यस हप्ताको सुरुमा अन्य धेरै बेकरीहरू बन्द गर्न बाध्य भएको यसले स्पष्ट पारेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.