चितवनमा डेढ अर्ब लगानीमा पहिलो पाँच तारे ‘रोयल टु लिप’ रिर्सोट

आगामी जनवरीदेखि सञ्चालनमा आउने 

चितवन-  देशको पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै चितवनमा पनि लगानी बढिरहेको छ । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै लगानीकर्ताहरू यसतर्फ आकर्षित भएका हुन् ।

यस क्रममा चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाकै पहिलो पहिलो पाँच तारे होटेल रोयल टु लिप निर्माण सम्पन्न भई आगामी अङ्ग्रेजी नयाँ वर्ष २०२५ को जनवरीदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।

झण्डै ३ वर्ष लगाएर रत्न नगर नगरपालिका वडा–५ जनकौली सामुदायिक वन कार्यालय अगाडी नै के टी एम हस्पिटालिटी ग्रुपको लगानीमा निर्माण सम्पन्न भई लुभ्र होटल्स ग्रुपको सहकार्यमा ‘रोयल टु लिप’ सञ्चालनमा आउन लागेको हो । होटेलमा झन्डै १ अर्ब ५० करोड बढी लगानी भएको छ ।

‘चितवनको पर्यटनको देशमै अलग भूमिका छ के टी एम हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाहले भन्नुभयो, यहाँ निकुञ्जका होटेल बन्द भएपछि पर्यटक लक्षित स्टार होटेल सञ्चालनमा आएको थिए, यस कारण पर्यटकहरूको माग र चितवनको विकासमा टेवा पु¥याउने उद्देश्यले पाँच तारे होटेल निर्माण सम्पन्न गरी सुरु गर्न लागेको हो ।’

विश्व बजारमा सफलता हासिल गरिरहेको बहुराष्ट्रिय फ्रान्सेली समूह लुभ्र होटल्स अन्तर्गतको चेन आउँदा  नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा अझ प्रवर्द्धन गर्न सहयोग गर्ने उहाँले बताउनुभयो ।

होटेलको लगानीकर्ता शाह गैर आवासीय नेपालीहरूका एक अगुवा पनि हुनहुन्छ ।  चितवनमा एउटै पनि पाँच तारे होटेल तथा रिसोर्ट नरहेको र एउटै प्रकृतिका होटेल चल्ने र खुल्ने गरेकोले फरक खालको अन्तर्राष्ट्रिय चेन होटेल सञ्चालन गर्न आफूले लगानी गरेको शाहले भनाई छ । उहाँले भन्नुभयो, ‘हामीले निर्माण गरिरहेको पाँचतारे स्तरको रिसोर्ट हो । चितवनमा लोकल ब्रान्डका होटलहरु मात्र रहेकोमा रोयल टु लिप पहिलो विदेशी ब्रान्डको रिसोर्ट हो ।’

रिसोर्ट निर्माणमा सुरुमा ७० करोड लागत अनुमान गरिएकोमा बढेर अहिले एक अर्ब ५० करोड रुपैयाँ बढी पुगेको बताउँदै शाहले भन्नुभयो, ‘हामीले पर्यटकलाई विशेष सुविधा दिने लक्ष्यसहित रिसोर्टमा सुविधाहरूको व्यवस्था गरेका छौँ । विभिन्न कारणले गर्दा अनुमानित लागत पनि बढेको छ ।’

हेरिटेज, बुटिक शैलीमा निर्माण गरिएको होटेलमा जिल्लाकै ठुला सभा हल, पाँच सय क्षमताको बैंक्यूट हल, सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेस्टुरेन्ट, स्विमिङ पुल, आगन्तुक पाहुनाहरूले डुङ्गा सयर, जल महलको बास, स्पासहितको हेल्थ क्लब, चिल्ड्रेन पार्क, एमपी थियटर, लङ टेनिस कोर्ट, पदयात्रा मार्ग, आफ्नै बेकरी सहितको ग्रिल बार र  रेस्टुरेन्ट जस्ता सेवाहरू पाउने छन् ।

प्रमुख भवनको पहिलो तल्लामा रहेको अल डे डाइनिङ रेस्टुरेन्टबाट अगाडिको जङ्गल दृश्यावलोकन गर्न सकिन्छ भने रिसोर्टमा हेल्थ क्लब, चार वटा प्राइभेट स्विमिङ पुलसहितको सुइट रुम, कृत्रिम पोखरी रहेको छ । कृत्रिम पोखरीमा फिसिङ र बोटिङ गर्न सकिने सञ्चालक शाहको भनाइ छ । होटेलभित्रका सबै संरचनाहरूमा प्रकृतिमैत्री छ । होटेलमा तीन सय जना बढीलाई रोजगारी दिने ग्रुपको तयारी छ ।

अध्यक्ष शाहले पर्यटन क्षेत्र सदैव नेपालीको अर्थतन्त्रको बलियो खम्बा भई रहँदा भएकोले कोरोना कहरले अकल्पनीय रूपमा थला पारेको अवस्थामा गुणस्तरीय सेवामार्फत पर्यटक आकर्षित गरी देशको अर्थतन्त्रमा गहकिलो योगदान दिने विश्वासका साथ रिसोर्ट सञ्चालन हुन लागेको बताउनुभयो ।

ग्रुपकै दोस्रो ठुलो तथा विश्व बजारमा ११ वटा विभिन्न ब्रान्ड सहित उपस्थित रहेको लुभ्र होटल्स ग्रुपको लक्जरी पाँचतारे होटेल ब्रान्ड ‘रोयल टु लिप’ ले कोभिड महाव्याधिका बिच शिलान्यास भई निर्माण सुरु भएको थियो ।

करिब ३४ रोपनी क्षेत्रमा बनाइएका २२ वटा भवनमा सुईट्लगायत ५ प्रकारका विविध सुविधा सहितका कोठाहरू रहने रिसोर्ट नेपाली संस्कृति झल्किने स्थानीय र मौलिक सामग्रीहरूको प्रयोग गरी निर्माण भएको उहाँले बताउनुभयो ।

रिसोर्टमा १३ वटा एक तल्ले, पाँच वटा दुई तल्ले, तीन वटा तीन तल्ले र एउटा चार तल्ले गरी २२ वटा भिल्ला छन् । यी भिल्लामा स्विट लगायत विविध सुविधा सहितका ६४ कोठा छन् ।

रोयल टु लिपका लागि आवश्यक उच्च व्यवस्थापन, सेल्स एन्ड मार्केटिङ, इन्जिनियरदेखि विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि भर्ना खोलिएको सञ्चालक शाहले बताउनुहुन्छ ।

रिसोर्टको व्यवस्थापन विदेशी कम्पनीले गर्ने भए पनि आवश्यक उच्च तहका व्यवस्थापकदेखि सम्पूर्ण कर्मचारीहरू सकेसम्म स्थानीय र नभए नेपाली नै राखेर सञ्चालन गर्ने योजना छ । जसले व्यवसाय सञ्चालन भएको स्थानमा रहेका स्थानीयहरूलाई रोजगारी सिर्जना हुने उहाँले बताउनुहुन्छ ।

सन् २०२० को जनवरीमा स्थापित के टी एम हस्पिटालिटी प्रा लि द्वारा निर्माण भएको के टि एम ग्रुपको पहिलो रिसोर्ट हो ।  रिसोर्टभित्र १ फन्को लगाउँदा १ किलोमिटरको ट्रेल हुन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.