बाढीपहिरो पीडितलाई न्यानो कपडा वितरण

काभ्रे – गत असोज १० देखि १२ गतेसम्म आएको बाढी पहिरोबाट पीडित बनेकाहरूलाई न्यानो कपडा वितरण गरेको छ । जाडो महिना सुरु भएसँगै बाढी पहिरो प्रभावितलाई केही राहत मिलोस् भन्ने हेतुले न्यानो कपडा वितरण गरिएको हो ।

बाढी पहिरोबाट पीडित बनेका स्थानीयहरूलाई युनाइटेड अरब इमेरेटसको राजदूतावास अन्तर्गत रहेको च्यारिटि फन्ड अन्तर्गतको न्यायो कपडा वितरण गरिएको छ

पनौती उद्योग वाणिज्य सङ्घको पहलमा करिब ४० लाख बराबरको लत्ता कपडा बेथानचोक गाउँपालिका र पनौती नगरपालिकाको विभिन्न वडाहरूमा वितरण गरिएको हो । पनौती वडा नं. १ का वडाध्यक्ष जयबहादुर लामा, १२ का वडाध्यक्ष जयराम केसी, बेथानचोक गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्णबहादुर पाख्रिनको उपस्थितिमा वितरण गरिएको हो ।

वितरण कार्यक्रममा पनौती उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोला थापा, सचिव महेश पौडेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष ईश्वरी ओझा, युनाइटेड अरब इमेरेटसको राजदूतावास अन्तर्गत रहेको च्यारिटि फन्ड  अन्तर्गतका प्रतिनिधि लगायतको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.