काठमाडौँमा भारतीय चेन होटेल मण्डला नोर्लिङ लर्ड्स सञ्चालनमा

काठमाण्डौं- भारतीय चेन होटेल लर्ड्सद्धारा काठमाण्डौंमा मण्डला नोर्लिङ लर्ड्स प्राइमका नाममा लक्जरी स्टार होटेल सञ्चालनमा भारतीय चेन होटेल कम्पनी लर्ड्सले काठमाण्डौं महाराजगञ्जमा होटेल मण्डला नोर्लिङ लर्ड्स प्राइमका नाममा नयाँ लक्जरी होटेल सञ्चालनमा ल्याएको छ ।

सुविधा सम्पन्न उक्त होटेलमा सुपर डिलक्स, डिलक्स र सुइट रुम गरी ८६ वटा कोठा छन् । आठ रोपनी क्षेत्रफलमा निर्माण गरिएको मण्डला नोर्लिङ होटेलमा तीन भवन रहेका छन् ।

यस होटेलको एउटा भवनमा चाइनिज रेस्टुरेन्ट र स्पा, अर्कोमा मुख्य होटेल र तेस्रो पार्टीको लागि छुटाइएको छ । भारतीय कम्पनी लर्डस प्राइमले व्यवस्थापन गर्ने यो होटेलमा होटेलमा नेपाली पर्यटन उद्यमीहरुको लगानी रहेको होटेलका कार्यकारी अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख डा. धनन्ज्य रेग्मीले जानकारी दिनभयो । उहाँका अनुसार होटेलमा चार तारे स्तरका सुविधाहरू रहे पनि अहिले स्टार नलिई सञ्चालन गर्न लागिएको छ । होटेलमा थप स्तरोन्नति गरी बिस्तारै स्टार लिइने पनि उहाँले जानकारी दिनुभयो ।

महाराजगन्ज चक्रपथै रहेको होटेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटरको दुरीमा रहेको छ । सजिलो लोकेसनमा रहेका कारण यहाँ बस्ने पर्यटकहरूले पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तुपा, वसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बुढानीलकण्ठ मन्दिर र ठमेल नजिकैका पर्यटकीय आकर्षणहरू र विश्व प्रसिद्ध युनेस्को सम्पदा बुढानीलकण्ठ तथा ठमेल देखि सहज रुपमा पुग्न सक्नेछन् ।

भारतमा दजनौं चेन होटेल सञ्चालनमा ल्याएको लर्डले यस अघि काठमाण्डौंको बौद्धमा दुई वटा, विरजञ्ज, नेपालगन्ज र भैरहवामा एक एक वटा होटेलको व्यवस्थापन गरिसकेको छ । आगामी दिनमा पोखरा, चितवन र नेपालका अन्य भागमा पनि होटेल विस्तारको योजना राखिएको लर्डस ग्रुप नेपालका एशोसियट भाइस प्रेसिडेन्ट शैलज एन तेरीले जानकारी दिनुभयो । भाइस प्रेसिडेन्ट शैलज एन तेरीका अनुसार होटेल ओपनिङ कै अवसरमा सयौँ विदेशी पर्यटकहरूको बुकिङ भइसकेको छ भने अन्य बुकिङका क्रममा रहेका छन् ।

होटेले अन्य विदेशी सँगै विशेषसरि चिनियाँ र भारतीय पर्यटकलाई नै लक्षित गरिएको छ । मण्डला नोर्लिङ होटेलमा चिनियाँ खानासहित चिनियाँ रेस्टुरेन्ट सञ्चालन गरिएको छ । । त्यस्तै, भारतीयलाई लक्षित गरेर भारतीय भान्सा, नेपाली भान्सा, बहु भान्सा (मल्टी कुजिन) राखिएको छ । साथै, होटेलमा ५० जनाभन्दा बढी अटाउने चार वटा हलहरू पनि रहेका छ । तीन वटा ठुला हल निर्माणको क्रममा रहेको होटेल व्यवस्थापनले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.