राष्ट्रको हितमा हुने गरी बीआरआई ग्रहण गर्नुपर्छ: डा भट्टराई
पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रको हितमा हुने गरी वीआरआई ग्रहण गर्नुपर्ने बताउनुभएको छ ।
आज गृहजिल्ला गोरखामा पत्रकारसँगको भेटघाटमा भट्टराईले विकासका निम्ति विदेशी पूँजी, प्रविधि, ज्ञान, सदभावसँगै ब्यापारको आवश्यकता पनि रहेको बताउनुभयो ।
बीआरआईमा पनि नेपालको हित अनुकुलका पक्षलाई ग्रहण गरेर विकास अघि वढाउनुर्ने उहाँको भनाइ थियो ।
अनुदानका परियोजना स्वीकार गर्नु उपयुत्त हुने उहाँले बताउनुभयो ।
बीआरआईमा ऋण र अनुदान दुबै रहेकोले हाम्रो आवश्यकता, प्राथमिकता के हो भन्ने आधारमा छनौट गरेर राष्ट्रिय हितमा हुने गरी स्वीकार गर्न उहाँले सरकारलाई सुझाव पनि दिनुभयो ।
अल्पविकसित अवस्थामा रहेको देशले सबै शक्तिसँग सन्तुलित र मित्रवत सम्वन्ध राख्नुपर्ने डा भट्टराईको भनाइ थियो ।।
प्रतिक्रिया राख्नुहोस्