प्रतितोला २६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ – सुनचाँदी बजारमा आज सुनको मूल्य २६ सय रुपैयाँले घटेर छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।

त्यसै गरी, आज चाँदीको मुुल्य पनि घटेको  छ । आज चाँदी प्रतितोला  २५ रुपैयाँले घटेको छ ।  महासङ्घको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कायम भएको छ ।सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.