खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु

सर्लाही- बलरा नगरपालिका ९, अचलगढमा  आज खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
 ४० वर्षीय रुसतम साहको दुर्घटनामा मृत्यु भएको हो ।
‘अन टेष्ट’ ट्याक्टर अनियनित्रत भई पल्टिँदा चालक साहको ट्याक्टरमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
तत्कालै स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढ ल्याएपनि त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बलराले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.