अवरुद्ध राहदानी सेवा सञ्चालनमा
काठमाडौँ- कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी विभागबाट प्रदान गरिँदै आइएको सेवा सञ्चालनमा आएको छ । विभागले एक सूचना जारी गर्दै सेवा सञ्चालन भएको जनाएको हो ।
सेवा सञ्चालन भएसँगै सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । यसैगरी जिल्ला / इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरुमा क्रमशः सेवाविस्तार गरिने विभागले जनाएको छ।
यसअघि आवेदन गरिसकेका सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला / इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको विभागको सूचनामा उल्लेख गरिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्