पौष ११ देखि १८ औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुँदै
काठमाडौँ – पर्यटकीय गन्तव्य सौराहामा आगामी पौष ११ गतेदेखि १५ गतेसम्म १८ औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ ।
१८ औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ क्षेत्रीय होटेल सङ्घ नेपाल चितवनको आयोजनामा हुन लागेको हो । सङ्घले मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तीन वर्षसम्म रोकिएको महोत्सव गत वर्षदेखि निरन्तरता दिएको जानकारी दियो । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीय होटेल सङ्घ नेपाल चितवनका अध्यक्ष गंगा गिरीले १८ औँ हात्ती तथा पर्यटन महोत्सव–२०८१ आगामी पौष ११ गतेदेखि १५ गतेसम्म गर्न लागिएको बताउनु भयो । उहाँले महोत्सवमा हात्ती वनभोज,हात्ती फुटबल,हात्ती पोलो,हात्ती सुन्दरी प्रतियोगिता लगायत झाँक्री प्रदर्शनी गरिने बताउनु भयो । उहाँले महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत हुने अध्यक्ष गिरीले बताउनु भयो ।
महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी,स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बी–टु–बी कार्यक्रम, स्थानीय भेषभुषा तथा कला संस्कृतिको संरक्षण, स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्