नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छ: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताउनुभएको छ ।

बुधवार २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरूसँगको कुराकानीका क्रममा उहाँले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकोले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्ने बताउनुभएको हो । उहाँले नेपालमा समुदायपिच्छे नै पृथक् प्रकारको संस्कृति रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको जस्तो संस्कृति संसारका अन्य कुनै पनि देशमा नरहेको उल्लेख गर्नुभयो । उहाँले नेवार संस्कृति, नेवार परिकार र नेवार पहिरनहरूका आफ्नै इतिहास र विशेषता रहेको बताउँदै यसलाई निरन्तरता दिन जरुरी रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति विकसित संस्कृति हो । यस संस्कृतिले नेपाली संस्कृतिलाई मूल रूपमा प्रतिविम्वित गर्छ । थुप्रै नेपाली संस्कृतिका शाखा उपशाखाहरू छन् । हाम्रा पर्वपिच्छे गीत र नृत्यहरू पनि बेग्लै प्रकारको छ । र दुनियाँमा यस्तो पृथक् प्रकारको संस्कृति अन्यत्र पाइँदैन । यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरनहरूका आफ्नै इतिहास र आफ्नै विशेषता छन् । जुन कुरा यहाँहरूले कायम राखी आउनुभएको छ । र मैले विश्वास लिएको छु हामी सबैले मिलेर यस्ता संस्कृतिहरूको संरक्षण गर्नुपर्दछ । यी संस्कृतिहरूको जगेर्ना गर्दै उत्थान गर्नुपर्दछ । नेपालका जोगाउनुपर्ने संस्कृतिहरूमध्ये काठमाडौँ उपत्यकाबाट सुरु भएको नेवार संस्कृति अत्यन्तै उन्नत, सम्पन्न र इतिहास बोकेको संस्कृति हो । ’

उहाँले नेवार संस्कृति परिमार्जित र परिष्कृत संस्कृति रहेको बताउनु भयो । नेपालका हरेक संस्कृति र परम्पराको संरक्षणको लागि सबै एकजुट भएर लाग्न उहाँले आग्रह समेत गर्नुभयो । ज्यापु दिवस ९योमरी पुन्ही० मङ्सिर ३० गते मनाइँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.