अन्जुला घिमिरेले जितिन् ई-सेवाको ‘घर उपहार’
काठमाडौँ- डिजिटल रेमिट्यान्स कम्पनी ई-सेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले काठमाडौँमा घर जित्न सफल भएकी छन्।
मङ्सिर १२ गते, बुधबार, ई-सेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजन मार्फत बम्पर उपहारस्वरुप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको हो ।
प्रत्यक्ष प्रसारणमार्फत डिजिटल गोला प्रथाको मध्यमबाट अन्जुला घिमिरेले महालक्ष्मी नगरपालिका ललितपुर-३, इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जित्न सफल भइन्।
विजेता घिमिरेले रोमानियाबाट ई-सेवा मनि ट्रान्सफरमार्फत ईसेवा वालेटमा रेमिट्यान्स पठाएकी थिइन्।
ईसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सको वैधानिकता प्रवर्द्धन गर्न र डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्न ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको हो।
यसै अन्तर्गत, २०८० असोज १ देखि कात्तिक ३०, २०८१ गतेसम्म रेमिट्यान्स पठाउने सहभागीमध्येबाट एक जनालाई बम्पर उपहार स्वरूप काठमाडौँमा घर दिने घोषणा गरेको थियो।
कार्यक्रममा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले डिजिटल रेमिट्यान्सको महत्त्व र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गर्नुभयो।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले विजेतालाई बधाई दिँदै डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै विश्वभर रहेका नेपालीहरूलाई आफ्नो देश र परिवारसँग अझ नजिक बनाउन ‘मेरो डिजिटल देश’ अभियानले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ई-सेवा मनि ट्रान्सफरले परम्परागत शैलीका साथै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।।
प्रतिक्रिया राख्नुहोस्