स्वदेशी उद्योग पूर्ण क्षमतामा चलाउन तयारी वस्तुको आयात बन्द गर्नुपर्छ: अध्यक्ष अग्रवाल
काठमाडौँ – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले स्वदेशी उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न तयारी वस्तुको आयातलाई निरुत्साहित गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताउनुभएको हो । उहाँले प्याकेजिङ वस्तुहरूको आयातको कारण मुलुकमा उद्योगहरूको क्षमता भन्दा ४० प्रतिशत कम सञ्चालनमा रहेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रलाई बलियो र दिगो बनाउनको लागि आन्तरिक उत्पादनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आन्तरिक उत्पादन बढाउन स्वदेशमा उत्पादन भएका हुनसक्ने वस्तुहरूको प्रवर्द्धन गर्ने नीतिहरू अवलम्बन गर्नुपर्ने बताउनु भयो । उहाँले स्वदेशी उत्पादनले आन्तरिक माग धान् नसक्ने वस्तु आयातलाई निरुत्साहित गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । आन्तरिक माग धान् सक्ने वस्तुको आयातलाई निरुत्साहित गर्दा औद्योगिक विकासलाई बढवा दिने र व्यापार घाटा कम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उहाँको भनाई छ । अध्यक्ष अग्रवालले आयात प्रतिस्थापन गर्नसक्ने अन्य उद्योगसँगै प्लाष्टिक उद्योग पनि एक भएकाले संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्रलाई बलियो र दिगो बनाउनको लागि आन्तरिक उत्पादनलाई विशेष ध्यान दिनुपर्छ । आन्तरिक उत्पादन बढाउन स्वदेशमा उत्पादन भएका हुन सक्ने वस्तुहरूको प्रवर्द्धन गर्ने नीतिहरू अवलम्बन गर्नुपर्छ । स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने वस्तु आयातलाई निरुत्साहित गर्नुपर्छ । यसले औद्योगिक विकासलाई बढवा दिने र व्यापार घाटा कम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्छ । आयात प्रतिस्थापन गर्न सक्ने अन्य उद्योगसँगै प्लाष्टिक उद्योग पनि एक हो । स्वदेशी उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न तयारी वस्तुको आयातलाई निरुत्साहित गर्नुपर्छ । रोजगारी सिर्जना गर्दै अर्थतन्त्र बलियो बनाउन र परनिर्भरता कम गर्छ । सरकारले गर्ने सामान्य नीतिगत सुधारले पनि औद्योगिक उत्पादन वृद्धि हुन्छ । सरकारले नीतिगत सहजीकरण गर्न सके मात्रै पनि धेरै बस्तुहरूमा आत्मनिर्भर बन्न सक्ने अवस्था छ ।’
उहाँले सरकारले गर्ने सामान्य नीतिगत सुधारले पनि औद्योगिक उत्पादन वृद्धि हुने बताउनु भयो । उहाँले सरकारले नीतिगत सहजीकरण गर्न सके मात्रै पनि धेरै बस्तुहरूमा आत्मनिर्भर बन्न सक्ने अवस्था रहेको बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्