प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोलीमा धेरै निजी क्षेत्र

काठमाडौँ – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले मङ्सिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो । भ्रमण मङ्सिर को १७ देखि २० गतेसम्म हुनेछ । भ्रमणमा निजी क्षेत्रको ठुलो उपस्थिति रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बताउनु भयो । निजी क्षेत्र, सांसदहरू र परराष्ट्र मन्त्री मात्रै हुने र अन्य विज्ञहरू मात्रै रहेको बताउनु भयो । न्यूनतम सङ्ख्यामै जान लागिएको बताउनु भयो । भ्रमणको एजेन्डाको बारेमा छलफल जारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको नेतृत्वमा चीनमा हुन गइरहेको भ्रमण मङ्सिर १७ देखि २० गतेसम्मको भ्रमण स्वीकृत भएको छ । एजेन्डाको बारेमा थप छलफल भइरहेको छ ।’

प्रधानमन्त्रीको भ्रमण टोलीमा ८७ जनाको सङ्ख्या रहेको र धेरै निजी क्षेत्रबाट उपस्थिति रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.