कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्त्वपूर्ण कृषि मन्त्री अधिकारी

काठमाडौँ – कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य  उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौँमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पुर्‍याएको बताउनुभएको हो । उहाँले पशुपालन क्षेत्रले लाखौँ नेपालीको जीविकोपार्जनमा महत्त्वपूर्ण भूमिका खेलेको भए पनि चुनौतीबाट टाढा रहन नसकेको बताउनु भयो । उहाँले पशुपालन क्षेत्रले उपयुक्त पोषण, प्रजनन, पशु स्वास्थ्य, बजारीकरण र चर्को उत्पादन लागत लगायतका विविध चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्नुभयो । बर्ड फ्लु, रेबिज जस्ता जनावरबाट मानिसमा सर्ने रोगहरू जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीहरूले जटिलता थप्दै गएको उहाँको भनाइ छ । उहाँले एफएओले नेपालको पशु स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै एक स्वास्थ्यको अवधारणालाई प्रवर्द्धन गर्न सहयोग गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पुर्‍याएको छ । यस क्षेत्रले लाखौँ नेपालीहरूको जीविकोपार्जन महत्त्वपूर्ण भूमिका खेलेको छ । यद्यपि यस क्षेत्रले उपयुक्त पोषण प्रजनन, पशु स्वास्थ्य, बजारीकरण र चर्को उत्पादन लागत लगायतका विविध चुनौतीहरूको सामना गरिरहेको छ । त्यसका अतिरिक्त बर्ड फ्लु, रेबिज जस्ता जनावरबाट मानिसमा सर्ने  रोगहरूका कारण विश्वव्यापी स्वास्थ्य चुनौतीहरूले जटिलता थपेका छन् । यस सन्दर्भमा एफएओ नेपाल हाम्रो महत्त्वपूर्ण साझेदार बनेको छ । यस संस्थाले विभिन्न कार्यक्रम र पहलहरूमार्फत नेपालको पशु स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै एक स्वास्थ्यका अवधारणालाई प्रवर्द्धन गर्दै आएको छ । स्थापना कालमा यस संस्थाले नेपाल सरकारलाई बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणमा पुर्‍याएको सहयोग स्मरणयोग्य छ । हाल युएसएडको सहयोगमा ग्लोबल हेल्थ सेक्युरिटी प्रोग्राम अन्तर्गत एफएओ नेपालले चुनौती रोगहरूको रोकथाम तथा नियन्त्रण र प्रतिरोधका विरुद्ध नेपाल सरकारका सहयोग पुर्‍याउँदै टेवा दिँदै आएको कुरा स्मरण गराउन चाहन्छु । यो सन्दर्भमा एफएओ नेपालको सहयोग र सराहनीय मात्र नभई अतुलनीय रहेको हामीले महसुस गरेका छौँ । ’

पशुबाट मानिसमा सर्ने रोगहरूको चुनौतीको सामना गर्दै भविष्यका लागि एक दिगो र सक्षम पशु स्वास्थ्य प्रणाली आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.