बाढी पहिरोले कृषि बालीमा क्षति पुगेपछि कृषकलाई चिन्ता

काभ्रे  – असोजको दोस्रो साता आएको बाढी/पहिरोका कारण काभ्रेमा ठुलो मात्रामा भौतिक तथा मानवीय क्षति भएको छ ।
बाढी- पहिरोको प्रभाव कृषि क्षेत्रमा पनि परेको छ । कृषि तथा पशुपालन नै आयस्रोत बनाएका कृषकहरूले विपद्ले ठुलो असर पारेको छ । त्यस्तै, असर परेको छ काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ३, फाँटकी स्थानीय धनमाई तिमल्सिनालाई ।
कृषि उपजबाटै उनले घर खर्चको जोह गर्दै आउनुभएको थियो । बाढी- पहिरोले खेतीयोग्य जमिन पूर्ण रूपमा क्षति भएपछि उहाँलाई चिन्ता भएको हो ।
कृषिबाटै वार्षिक १० लाख रुपैयाँ बराबरको आम्दानी गरी घर गृहस्थी सम्हाल्दै आएकी उहाँलाई आम्दानीको श्रोत नै गुमेकोमा चिन्ता थपिएको छ ।
त्यस्तै, बेथानचोक गाउँपालिका वडा नं ३ का वडा सदस्य बलराम बजगाईँले गत श्रावणमा लगाएको आलु, तोरी, भटमास, मकै बाली भित्र्याउन पाउनुभएन ।
असोजको दोस्रो साता आएको बाढी/पहिरोले बाली पूर्ण रूपमा क्षति पुर्‍याएपछि उनले केही अन्न घर ल्याउन पाउनुभएन । यहाँ उर्वर माटो बाढी र पहिरोले क्षति गरेपछि अब पहिले जस्तो राम्रो बाली नउब्जनेमा उहाँलाई चिन्ता छ । पहिलाको जस्तो उर्वर माटो बन्नको लागि अझै २० जति लाग्ने उहाँको अनुमान छ । माटो उर्वर भएकाले स्थानीय मान बहादुर तामाङले जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको थियो । तरकारी खेतीबाटै राम्रो आम्दानी गर्ने उहाँको सोच असोजको दोस्रो आएको बाढी- पहिरोले बदलिदियो ।
बाढी- पहिरोले आलुमा धेरै क्षति पुर्‍याएको र यसबाट धेरै नोक्सानी भएको उहाँले बताउनुभयो ।
बाढी- पहिरोका कारण बेथानचोक गाउँपालिकाको धेरै स्थानमा खेतीयोग्य जमिनमा क्षति पुगेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । यसले यहाँका किसानहरूलाई धेरै प्रभाव परेको उहाँको भनाई छ । कृषकहरूलाई समस्यालाई सम्बोधन गर्नको लागि कार्यक्रमको तयारी गरिरहेको बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालय काभ्रेको अद्यावधिक विवरण अनुसार, बाढी/पहिरोबाट काभ्रेका १३ वटा स्थानीय तहबाट ८हजार ९७२ घरधुरी कृषक प्रभावित भएको अनुमान गरिएको छ ।
त्यस्तै, जिल्लाभर २ हजार ५१२ हेक्टर क्षेत्रफलमा लगाइएको धान, मकै, तरकारी लगायत बालीमा १० हजार १८ मेट्रिक टन क्षति भएको कार्यालयको अद्यावधिक विवरणमा उल्लेख छ ।
Enter

Devraj

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.