प्राकृतिक वातावरण सन्तुुलन राख्न माछाको भुरा

 स्याङ्जा –  स्याङ्जामा खोला तथा नदीहरूमा प्राकृतिक रूपमा रहँदै आएका माछाहरूको सन्तुलन कायम राख्नका लागी काली गण्डकी नदिमा माछाका भुरा छोडिएको छ ।

माछामार्ने कार्य वाट आफ्नो जिबिको पार्जन गर्दै आइरहेका बोटे समुदाय र प्राकृतिक वातावरणलाई सन्तुलन कायम राख्ने उद्देश्य अनुुरुप नेपालकै पहिलो,ठुलो जलविद्युत् काली गण्डकी ए, मत्स्य ह्याचरी सेवाले  ड्यामसाईड आधि मुहानमा माछाका भुरा छोडेको हो ।
प्राधिकरणले स्थापना कालदेखि मत्स्य ह्याचरी निमार्ण गरी माछाका भुुराहरु उत्पादन पस्चात हरेक वर्ष कालीगण्डी नदिका विभिन्न स्थानमा भुरा छोड्ने गरेको छ । सोही अनुरूप यस वर्ष ३ लाख ३५ हजार ५ सय सहर,ठाडे,गर्दी र ठेड गरी ४ प्रकारका माछाका भुरा छोडिएको हो ।

विगतका बर्सहरूमा १५ देखि २० लाख माछाका भुरा उत्पादन गरी काली गण्डकी तथा अन्य खोला नदिहरुमा पठाउँदै आएको प्राधिकरणले यसबर्ष करिब ३० लाख माछाका  भुरा उत्पादन हुने लक्ष्य राखिएको काली गण्डकी जलविद्युत केन्द्रका प्रमुख बाबु राजा महर्जनले जानकारी दिनुभयो ।

विभिन्न ठाउँमा ड्याम निर्माण हुँदा माछा माथि देखि तल तथा तलबाट माथि जाने क्रम रोकिने हुँदा माछा हराउँदै जाने समस्या वृद्धि भएको तथा माछाकै भरमा आफ्नो जीविका चलाई रहेका वोटे समुदाय लाई मध्यनजर गर्दै प्राकृतिक रूपमा रहेका माछाहरू कम हुन वाट जोगाउने उद्देश्यले वार्षिक रूपमै नदिमा माछाको भुरा छोड्ने गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.