भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छ: मुख्यमन्त्री आचार्य
भैरहवा – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रूपमा सञ्चालनको लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ ।
बिहीबार लुम्बिनीमा भएको ‘लुम्बिनीमा लगानी: अवसर र चुनौती’ विषय कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनको लागि केन्द्र सरकारसँग समन्वय गर्ने बताउनुभएको हो । उहाँले केही सरकारी कर्मचारीले सरकारको नीति भन्दा बाहिर गएर विमानस्थल सञ्चालन गर्न नसकिने भने पनि सरकार विमानस्थल सञ्चालनमा पछाडि नहट्ने बताउनु भयो । उहाँले केन्द्र सरकारले श्रमिकको स्वास्थ्य परीक्षण,भिसा र श्रम स्वीकृत लुम्बिनीबाट गर्ने वातावरण तत्काल मिलाउन जरुरी रहेको बताउनु भयो । उहाँले प्रदेश सरकार भैरहवा विमानस्थल स्थायी रूपमा सञ्चालन गर्न प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले प्रदेश सरकारले स्वास्थ्य परीक्षण,श्रम स्वीकृत र भिसा स्वीकृतको लागि सम्बन्धित निकायहरूमा पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई लगानी सहजीकरणको लागि सहयोग गर्न प्रदेश सरकार आतुर रहेको उल्लेख गर्नुभयो । उहाँले लगानीको लागि नीतिगत र कानुनी रूपमा समस्या भए समस्या समाधान गर्न आफूहरू तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सरकार भैरहवा विमानस्थल स्थायी रूपमा सञ्चालन गर्न प्रतिबद्ध छ । नेपाल सरकारले विमानस्थल सञ्चालनको लागि केही काम तत्काल अगाडि बढाउन जरुरी छ । सरकारले भैरहवाबाट स्वास्थ्य परीक्षण तत्काल अगाडि बढाउनुपर्छ । श्रम स्वीकृत लुम्बिनीबाट गर्न जरुरी छ । भिसा लगाउने काम पनि लुम्बिनीबाट गर्न जरुरी छ । तीन काम लुम्बिनीबाट सञ्चालन हुने हो भने यात्रुहरूको कमी हुँदैन । नेपाल सरकारले तत्काल गर्नुपर्छ । त्यसको लागि सम्बन्धित निकायहरूमा पहल प्रदेश सरकारले गर्ने प्रतिबद्धता गर्दछु । लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार तयार छ । निजी क्षेत्रलाई लगानी सहजीकरणको लागि सहयोग गर्न प्रदेश सरकार आतुर छ । प्रदेश सरकारले लगानीको वातावरण बनाउँछ । लगानीको लागि नीतिगत र कानुनी रूपमा समस्या परेको छ भने कुन कानुन संशोधन गर्दा लगानीमैत्री हुनसक्छ । हामी कानुन संशोधन गर्न तयार छौँ । कानुनहरू बाधक छन् भने संशोधन गर्न तयार छौँ । तर लगानी गर्ने उद्योगी व्यवसायीहरू दिल खोलेर लगानी गर्न आउन आग्रह गर्दछु । पछिल्लो समय उद्योगी व्यवसायीहरू उद्योग खोल्ने भन्दा पनि शेयर बजारमा लगानी गर्नेतर्फ आकर्षित भएको देखिन्छ । लगानी शेयर बजारमा केन्द्रित हुन थालेको छ यसले देश विकास हुन सक्दैन ।’
उहाँले लुम्बिनी प्रदेशमा लगानी गर्ने उद्योगी व्यवसायीहरू दिल खोलेर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय उद्योगी व्यवसायीहरू उद्योग खोल्ने भन्दा पनि शेयर बजारमा लगानी गर्नेतर्फ आकर्षित भएको देखिएको भन्दै शेयर बजारमा केन्द्रित लगानीले देश विकास हुन नसक्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्