रवि लामिछानेको आजको बयान सकियो

काठमाडौँ – पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौँमा आजको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा शुक्रवार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो साढे ३ बजेबाट आजका लागि बयान सकिएको हो । आइतबार बयानलाई निरन्तरता दिने गरी आजको लागि बयान सकिएको बताइएको छ । सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान गर्न कार्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध मङ्सिर २ गते पक्राउ अनुमति जारी भएको थियो । उहाँलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.