दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप
काठमाडौँ – अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अनुमति दिएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले प्रसाईंमाथि अनुसन्धानका लागि थप ५ दिन म्याद थप्न अनुमति दिएको हो ।
सिआइबीले दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो । उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीहानीलगायतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
प्रतिक्रिया राख्नुहोस्