दुर्घटनामा मृत्यु हुने वडा अध्यक्षसहित ४ जनाको पहिचान खुल्यो
रामेछाप- रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको सिमलडाँडा भिरमा आज दिउँसो यात्रुबाहक सुमो दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जनाको मृत्यु भएको छ ।
काठमाण्डौँबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी ( सुमो ) खिम्ति-बेताली सडक खण्डमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
दुर्घटनमा मृत्यु हुनेहरुमा गोकुलगंगा गाउँ पालिका वडा नं ४ बेतालीका वडा अध्यक्ष ४५ बर्षका रामचन्द्र बस्नेत, मन्थली नगरपालिका वडा नं १० चिसापानीकमा गाडीका चालक ३५ बर्षका हिराबहादुर कार्की, गोकुलगंगा गाउँ पालिका वडा नं ५ की ३० बर्षीया कविता कार्की खड्का र उनकी ७ बर्षकी छोरी स्वस्तिका खड्का रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
मृतक मध्ये १ जनाको हालसम्म सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परी घाइतेहुनेहरुमा कास्की जिल्लाका केशब शर्मा, अहिलेसम्म पहिचाहन खुल्न नसकेका ४ बर्षका एक बालक र जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीकी २७ बर्षकी सरस्वती कार्की रहेका छन् ।
उनीहरुको उपचार जिल्ला सदरमुकाम मन्थलीमा भइरहेको प्रहरीले जनाएको छ ।
खिम्ति-बेताली सडक खण्डको सिमलडाँडा भिरबाट गाडी अनियन्त्रित भई करिब ३ सय मिटर तल खसेको थियो ।।
प्रतिक्रिया राख्नुहोस्