बिआरआईका बिषयमा संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ :शेखर कोइराला
बिराटनगर – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बिआरआईका बिषयमा संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताउनुभएको छ।
कोइरालाले बिआरआईका बिषयमा कांग्रेस-एमालेले तयार गरेको दस्तावेजलाई गहन छलफल गरेर यदि ठिक छ भने चिनियाँ पक्षलाई कन्भिन्स गर्नुपर्ने बताउनुभयो ।
बिराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै कोइरालाले बिआरआई जस्तो संवेदनशील बिषयलाई सडकमा ल्याएर उराल्ने काम भएको बताउनुभयो ।
बिआरआईका बिषयमा नेपाली जनताले राम्रोसँग बुझ्दै नबुझेको, उनिहरुले केवल ऋण वा अनुदान भन्ने मात्रै बुझेको कोइरालाको भनाई थियो ।
प्रतिक्रिया राख्नुहोस्