सुनसरीको विभिन्न स्थानमा बिहानैदेखि सत बीज छर्नेको घुइँचो

 

सुनसरी-  हिन्दु संस्कृति मान्नेहरूले आफ्ना दिवङ्गत पुर्खाहरूको मुक्तिको लागि शत बीज छर्ने धार्मिक परम्परा चलि आएको छ ।
पुर्खाको आत्मको मुत्तिको कामना गर्दै आज बिहानैदेखि धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा सत विज छर्नेको घुइँचो लागेको छ । सत विज छर्न जिल्लाको रामधुनि मन्दिर,विष्णु पादुकाको को काहा नदीलगायत जिल्ला भरी रहेको विभिन्न शिवालय तथा नदी किनारमा श्रद्धालु भक्तजनहरूको भिड लागेको छ ।

बिहान स्नान गरेर सदविज छरेपछि पितृको उद्धार हुने र आफूलाई पनि फल प्राप्त हुन्छ पण्डित खगेन्द्र आचार्यले बताउनु भयो ।

शत बीज छर्नेक्रममा विभिन्न किसिमका ७ अन्नहरूको प्रयोग गरिन्छ । यसलाई सप्त धानयुक्त शत बीज पनि भनिन्छ । यसमा धान, गहुँ, मास, मुँगी, कागुन र सामाको बिउ आदि पर्छ । यी अन्नहरु ठाउँ अनुसार फरक पनि हुने गर्छ । जस्तो कुनै कुनै ठाउँमा चना, तिल, मकैका साथै कागती, निबुवा, बिमिरो, सुन्तला, स्याउ, उखु, अम्बा, केराको समेत प्रयोग गर्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.