रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा मतदान जारी

रुकुम पूर्व- रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष र वडाध्यक्षको रिक्त पदमा मतदान जारी छ । हिमाली जिल्ला रुकुमपूर्वका पुथा उत्तरगंगा गाउँपालिकामा पालिकाको उपाध्यक्ष र २ नम्बर वडाध्यक्ष पदमा उपनिर्वाचनको मतदान भएको हो ।
पुथा उत्तरगंगा गाउँपालिकाको १४ वटा वडामा २२ मतदान केन्द्र रहेको छ । जस्मा ५ हजार ६ सय ७१ जना पुरुष र ५ हजार ५ सय ९ जना महिला गरी जम्मा ११ हजार एक सय ८० जनाले मतदान गर्ने निर्वाचन सहायक अधिकृत सुवेदीले बताउनुभयो ।
निर्वाचनमा कुनै बाधा नपुगोस् भनेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनका सुरक्षाकर्मी परिचालन गरिएको र मतदान बिहान ७ बजेदेखि सुरु भएको साँझ ५ बजेसम्म हुने जनकारी दिनुभयो ।
उपनिर्वाचनमा २ नम्बर वडामा जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ भने उपाध्यक्ष पदकोलागि प्रमुख राजनीतिक दलहरूबीच तीव्र प्रतिस्पर्धा रहेको छ ।
गत भाद्र २८ गते काठमाडौं देखि गृहजिल्ला रुकुमपूर्व फर्किंदै गर्दा बाङ्गलुङको भङखानीमा रा १ झ २०० नम्बरको सरकारी गाडी पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र वडाध्यक्ष जस बहादुर शेर्पाली सहित उपाध्यक्षकी आमा गोपिमाया बुढाको निधन भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्